सेवा आयोगका अध्यक्षलाई कालोमोसो दल्ने नेविसंघ मोरङका अध्यक्ष निलम्बित
नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ(नेविसंघ) ले पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा.डा. महेश दाहालमाथि कालोमोसो दलेको भन्दै आफ्ना विद्यार्थी नेतालाई निलम्बन गरेको छ।
नेविसंघले विज्ञप्ति जारी गर्दै निलम्बन गरेकाे जनाएकाे हाे। नेविसंघले आफ्नाे विधानअनुसार कारबाही गरेकाे हाे।
विज्ञप्तिमा छानबिनका क्रममा कालोमोसो दलेको पुष्टि भएपछि केहीलाई निलम्बन गरिएको उल्लेख छ।
मागहरू जायज भए पनि कालाेमाेसाे दल्ने खेदजनक कार्य भएकाे भन्दलै उनीहरूमाथि कारबाही थालिएको नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले जानकारी दिए। cध्यक्ष दाहालमाथि कालोमोसो दलिएको विषयमा नेविसंघले छानबिन समिति गठन गरेको थियो । उक्त समितिको सिफारसको आधारमा अध्यक्ष पोखरेललाई निलम्बन गरिएको नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले विज्ञप्ति जारी गर्दै जानकारी दिए ।
प्रा.डा. दाहालमाथि उनकै निवासमा पुगेर कालोमोसो दलेको आरोपमा नेविसंघ मोरङका अध्यक्ष सरोज पोखरेललगायतका पक्राउ परेका थिए।
प्रतिक्रिया