सरकारले विश्व बैंकबाट १५ करोड डलर सहुलियतपूर्ण ऋण स्वीकार्ने

काठमाडौं । सरकारले विश्व बैंकबाट उपलब्ध हुने १५० मिलियन अमेरिकी डलर (करिब २० अर्ब १२ करोड नेपाली रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ । 
कात्तिक २ गते शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो। साथै बैठकले विश्व बैंकबाट हरित, उत्थानशील र समावेशी विकासका लागि प्रस्ताव गरिएको १३ करोड ५० लाख डलर (झन्डै १८ अर्ब ९ करोड) रुपैयाँ ऋण सहायता स्वीकार गर्ने सम्बन्धमा वार्ता टोली गठन गर्ने निर्णय गरेको छ ।

अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा उक्त वार्ता टोली गठन गर्ने निर्णय गरिएको छ ।

  

प्रतिक्रिया