कतारलाई एक जोडी हात्ती उपहार दिने सरकारको निर्णय

काठमाडौं । नेपालले कतारलाई एक जोडी हात्ती उपहार दिने भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल सरकारको तर्फबाट कतार सरकारलाई उपहारस्वरूप एक जोडी हात्ती दिने निर्णय गरेको हो ।

चितवन राष्ट्रिय निकुञ्जको हात्तीसारमा रहेका एक जोडी हात्ती कतारलाई उपलब्ध गराइने भएको छ ।

बैठकले सदर चिडियाखानाको व्यवस्थापनको जिम्मेवारी राष्ट्रिय प्राकृतिक संरक्षण कोषलाई हस्तान्तरण समेत गरेको छ ।

यसअघि कतारका अमिर शेख तमिम बिन हमाद अल–थानी नेपाल भ्रमणमा आउँदा सरकारले एक जोडी हात्ती उपहार दिने बताएको थियो ।

वैशाख दोस्रो साता कतारका अमिर अल–थानीको भ्रमण भएको थियो । 


 

प्रतिक्रिया