कालोपत्रे सुरु भएको भन्दै धार्के–सीतापाइला सडक बन्द

काठमाडौं । नागढुंगाको बाटोको वैकल्पिक सडक धादिङको धार्के–सीपाताइला सडक अनिश्चितकालका लागि बन्द हुने भएको छ । 

धार्के–ठूलोखोला खण्डमा दोस्रो लेयरको कालोपत्र गर्ने काम सुरु भएको भन्दै धार्के–सितापाइला सडकखण्ड बन्द गरिएको हो ।सूचना जारी गरी धादिङको धुनिबेशी नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष विशाल भट्टराईले सडक बन्द भएको जानकारी दिएका छन् ।धार्के–सितापाइला सडक अर्को सूचना जारी नहुन्जेलसम्म अत्यावश्यक बाहेकका सवारी सञ्चालनमा रोक लगाइएको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया