यसरी पोखे रबि लामिछानेले सरकार बिरुद्ध आक्रोश (भिडियो)

काठमाडौं ।  सहकारी ठगी र संगठित अपराध मुद्दामा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले केपी शर्मा ओली नेतृत्वको एमाले र कांग्रेस गठबन्धन सरकार रहेसम्म निर्दोष मान्छेहरूलाई झुटा मुद्दामा फसाउने काम चलिरहने भन्दै उनले सरकार बिरुद्ध आगो ओकलेका छन्। 

पूर्वगृमन्त्री समेत रहेका लामिछानेलाई प्रहरीले  जिल्ला अदालत, कास्कीमा म्याद थपका लागि  उपस्थित गराउने क्रममा अदालत परिसरमा उनले यो सरकार रहेसम्म  निर्दोष मान्छेहरूलाई झुटा मुद्दामा फसाउने काम चलिरहने बताए । 

लामिछानेलाई संसदीय छानबिन विशेष समितिले पोखराको सुर्य दर्शन लगायतका सहकारीको बचत अपचलन गरेको निष्कर्ष निकालेको थियो । समितिले उनलाई सहकारी बचत अपचलन गरेकोमा अनुसन्धान गर्न सिफारिस गरेको थियो ।लामिछानेमाथि गोर्खा मिडिया नेटवर्कको तत्कालीन प्रबन्ध निर्देशक हुँदा सहकारीको बचत सो मिडियामा लगेर अपचलन गरेको आरोप छ । लामिछानेलाई गत शुक्रबार काठमाडौंबाट पक्राउ गरेर पोखरा लगिएको हो । 
 

प्रतिक्रिया