एमाले पार्टी कार्यालय बनाउन अखिल क्रान्तिकारीको एक रूपैयाँ दान अभियान

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) सम्बद्ध अनेरास्ववियु क्रान्तिकारीले नेकपा (एमाले)ले पार्टी कार्यालय बनाउन व्यवसायी मीनबहादुर गुरूङसँग जग्गा दान लिएको भन्दै प्रतीकात्मक विरोध प्रदर्शन गरेको छ। सो संगठनको क्याम्पस जिल्ला कमिटीको आयोजनामा आइतबार प्रदर्शनीमार्ग  १ रुपैयाँ संकलन अभियानको सुरुवात गर्दै व्यंगात्मक रुपमा विरोध प्रदर्शन गरिएको हो ।प्रदर्शनमा सहभागी विद्यार्थीहरुले ‘भ्रष्ट एमालेलाई रु १ सहयोग’, ‘तपाईं जनताको प्रधानमन्त्री कि भ्रष्टचारीको’, ‘देशभक्त क्रान्तिकारी युवा एक हौँ’ लगायतका नारा लेखिएका ब्यानर र पम्प्लेट बोकेका थिए ।
प्रदर्शनीमार्गस्थित नेपाल ल क्याम्पसअगाडि भेला भएका विद्यार्थी नेता कार्यकर्ताहरूले नाराबाजी गर्दै सहयोग संकलन सुरू गरेका छन्।

एमालेले काठमाडौंको कीर्तिपुरमा व्यवसायी गुरूङले दिएको जग्गामा पार्टी कार्यालय भवनको शिलान्यास गरेको थियो।  

प्रतिक्रिया