निषेधाज्ञाबिच पोखरामा रा.स्व.पा. कार्यकर्ताको प्रदर्शन

काठमाडौ। निषेधाज्ञाबिच राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले पोखरामा नाराजुलुससहित विरोध प्रदर्शन गरेका छन्। पार्टीका सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्कीमा पेस गर्नुअघि रास्वपाका कार्यकर्ताले विरोध प्रदर्शन गरेका हुन्।

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको बचत रकम अपचलनको मुद्दामा पक्राउ परेका लामिछानेको पक्ष र विपक्षमा प्रदर्शन हुन थालेपछि प्रशासनले निषेधाज्ञा जारी गरेको छ। त्यसका बाबजुद जिल्ला अदालत र जिल्ला प्रशासन आसपासमा ठुलो संख्यामा भिड बढेको छ।

प्रतिक्रिया