मनाङमा लेक लागेर पर्यटकको मृत्यु

मनाङ ।  मनाङको ङिस्याङ गाउँपालिकामा लेक लागेर एक जना पर्यटकको मृत्यु भएको छ । 

ङिस्याङ–३ याकखर्कमा टेन्टमा बसिरहेका स्विजरल्याण्डका नागरिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

चुलु फरेष्ट जाने क्रममा टेन्टमा बसेका स्विजरल्याण्डका नागरिक राहदानी नं एस ०८८५१८७ भएका करिब ६३ वर्षीय मार्कुस सेसलरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्रबहादुर केसीले जानकारी दिए । राति सकुशल सुतेका निज बिहान नउठे पछि लेक लागेर मृत्यु भएको अनुमान गरिएको उनले बताए । 

“लेक लागेर मृत्यु भएको छ भन्ने खबर आइतबार बिहान सुरक्षामा खटिएका गार्ड कर्मा शेर्पा मार्फत प्राप्त भएको हो”, प्रहरी निरीक्षक केसीले भने, “सूचना प्राप्त भएलगत्तै घटनास्थलमा पुगेर उद्धार गरी हेलिकप्टर मार्फत काठमाडौं पठाउने तयारी भइरहेको छ ।” 

उनले १० जना विदेशी र २३ जना नेपाली नागरिकको उद्धार गरिएको जानकारी दिए । 

 रासस

प्रतिक्रिया