प्रधानमन्त्री दाहाल भेट्न एमाले अध्यक्ष ओली बालुवाटार पुगे

 प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन्।सोमबार बिहान प्रधानमन्त्री दाहालको सरकारी निवास बालुवाटारमा पुगेर प्रमुख प्रतिपक्षी दल‍ एमालेका अध्यक्ष ओलीले भेटवार्ता गरेको स्रोतले जानकारी दिएको छ।

स्रोतका अनुसार उनीहरूबीच संसदको अवरोध हटाउने विषयमा छलफल भएको हो। यद्यपि प्रधानमन्त्रीको सचिवालयले यसबारे प्रस्ट्याएको छैन।

भेटमा यी दुईबीच प्रधानमन्त्रीले आज बोलाएको संवैधानिक परिषद बैठकको विषयमा छलफल भयो।संवैधानिक परिषद् बैठक बस्नु एक दिन अघि सोमबार दुई नेताबीच भेटवार्ता हुनुलाई महत्वका साथ हेरिएको छ । 

सुन तस्करी प्रकरणको विषयलाई लिएर एमालेले निरन्तर रुपमा संसद अवरोध गरेको छ। यस प्रकरणमा छानविनका लागि उच्चस्तरीय समिति गठन गर्नुपर्ने एमालेको माग छ।

प्रतिनिधिसभाको बैठक आज दिउँसो एक बजे बस्दैछ।

प्रतिक्रिया