बेलायतका राजा चार्ल्स र रानी क्यामिला अष्ट्रेलियामा

एजेन्सी । अष्ट्रेलिया भ्रमणमा निस्किएका बेलायतका राजा चार्ल्स र रानी क्यामिला पहिलो दिन आइतबार सिड्नीको चर्च मण्डलीमा भेला भएका छन् ।

सन् २०२२ को सेप्टेम्बरमा देशको राष्ट्रप्रमुख बनेपछि बेलायती राजाको यो पहिलो अष्ट्रेलिया भ्रमण हो । गत फेब्रुअरीमा क्यान्सरको उपचार सुरु गरेयता राजाले गरेको यो सबैभन्दा ठूलो भ्रमण हो ।

 छ दिने अष्ट्रेलिया भ्रमणमा राजा रानीसँग राजनीतिक दलका नेताहरुले पनि भेट्नेछन् । त्यसैगरी बेलायती राजारानीसँग त्यहाँको संस्कृति र सम्पदासँग समबन्धित बिषयमा पनि छलफल हुने बीबीसीले जनाएको छ । 

बेलायती राजारानी  सिड्नीको सेन्ट थोमस एन्ग्लिकन चर्च मण्डलीमा सामेल हुँदा  त्यहाँ चर्चका प्रतिनिधिले भब्य स्वागत गरेका थिए । उनीहरु गत शुक्रबार अष्ट्रेलिया भ्रमणका लागि निस्किएका थिए ।

प्रतिक्रिया