दाङमा कुवामा डुबेको अवस्थामा एक जना मृत फेला

दाङ । दाङमा कुवामा डुबेको अवस्थामा एक जना मृत फेला परेका छन् । 

आइतबार बिहान पौने ७ बजे तिर तुलसीपुर उपमहानगरपालिका वडा नं. २ कुमलगडी निवासी २९ वर्षीय रजमान चौधरीको कुवामा डुबेर मृत्यु भएको हो ।

आफ्नै घरको कुवामा डुबेको अबस्थामा चौधरी मृत फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । चौधरीकी भाउजु आँसी चौधरीले कुवा बाट पानी तान्ने क्रममा कुवामा डुबेको अबस्थामा देखे पछि प्रहरीलाई खबर गरेकी थिइन् । 
 
त्यस पछि प्रहरीले उनको शव निकालेको थियो । चौधरी ३० असोजमा घर बाट निस्केका थिए । त्यस पछि उनी सम्पर्क विहीन थिए । प्रहरीका अनुसार उनी मादक पदार्थ खाने गर्थे । घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया