सप्तरीको बरमझियामा बस दुर्घटना, १ जनाको मृत्यु, २६ घाइते

सप्तरी । कञ्चनरुप नगरपालिका बरमझियामा आइतबार बिहान बस दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् । 

कञ्चनपुरस्थित इलाका प्रहरी कार्यालयका अनुसार दुर्घटनामा परी आठ जना गम्भीर घाइते भएका छन् । उनीहरूलाई  उपचारका लागि विराटनगर पठाइएको छ । 

घाइते अन्य १८ जनाको उपचार स्थानीय धर्मेश्वर अस्पतालमा  भइरहेको छ । दुर्घटनामा उदयपुरकी २१ वर्षीया मैया राईको मृत्यु भएको हो ।

उदयपुरको गाईघाट बाट काँकडभिट्टा गइरहेको बस विपरीत दिशा बाट आएको मोटरसाइकल जोगाउन खोज्दा दुर्घटना भएको हो ।
रासस 

प्रतिक्रिया