तनहुँ जलविद्युत आयोजनाको आधा काम सकियो

तनहुँ । निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको ५८ दशमलव एक प्रतिशत प्रगति भएको छ । 

तीन ‘प्याकेज’मा काम जारी छ भने ५२ दशमलव शून्य सात प्रतिशत वित्तीय प्रगति भएको छ । आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार प्याकेज–१ अन्तर्गत बाँध लगायत संरचना निर्माणमा ३५ प्रतिशत प्रगति भएको छ । 

प्याकेज–२ अन्तर्गत विद्युतगृह निर्माणमा ५९ प्रतिशत प्रगति भएको छ । प्याकेज–३ अन्तर्गत प्रसारण लाइन निर्माणमा ७३ दशमलव पाँच प्रतिशत काम पूरा भएको छ ।

आयोजना २०८३ असार भित्र सम्पन्न गर्ने लक्ष्य छ । प्याकेज–१ अन्तर्गत बाँध निर्माण जारी छ भने सुरुङ, विद्युतगृह निर्माणका साथै हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालन लगायत प्याकेज–२ को काम पनि भइरहेको छ । 

प्याकेज–३ अन्तर्गत दमौली बाट चितवनको भरतपुर सम्म दुई सय २० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण भारतको केइसी इन्टरनेशनलले गरिरहेको छ । 
रासस 

प्रतिक्रिया