३ अर्ब ५८ करोड राजस्व सङ्कलन

झापा । मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासिकमा ३ अर्ब ५८ करोड ९० लाख ११ हजार राजस्व सङ्कलन गरेको छ । उक्त रकम वार्षिक लक्ष्यको २० दशमलव ६९ प्रतिशत हो ।

चालु आर्थिक वर्ष  २०८/८२ मा उक्त कार्यालयले १७ अर्ब ३४ करोड ४६ लाख २५ हजार राजस्व सङ्कलन  गर्ने लक्ष्य लिएको भन्सार अधिकृत गणपति कँडेलले जानकारी दिए ।

आर्थिक वर्ष  २०८०/८१ को सोही अवधिमा  तीन अर्ब ३९ करोड ७२ लाख ७० हजार सङ्कलन भएको थियो । उक्त रकम भन्दा चालु आर्थिक वर्षको पहिलो तीन महिनामा १९  करोड १७ लाख ४१ हजारले बढी हो ।

आर्थिक वर्ष  २०८०/८१ मा  १८ अर्ब २५ करोड ७८ लाख ६८ हजार राजस्व सङ्कलनको लक्ष्य रहेकामा ७८ दशमलव चार प्रतिशत मात्र हासिल भएको थियो । आर्थिक वर्ष  २०८१/८२ मा गत आर्थिक वर्षको भन्दा ९१ करोड ३२ लाख ४३ हजारले राजस्वको लक्ष्य घटाइएको छ ।
रासस 

प्रतिक्रिया