यू–१९ राष्ट्रिय क्रिकेटः खेलाडी बन्द प्रशिक्षणमा
बैतडी । नरेश श्रेष्ठ स्मृति यु–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिमका २४ खेलाडी छनोट भएका छन् ।
डडेल्धुराको परशुराममा सम्पन्न प्रदेशस्तरीय छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडी प्रशिक्षणका निम्ति चयन भएका सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका प्रमुख दीपेन्द्र भण्डारीले बताए ।
प्रतियोगिता कात्तिक १० गते देखि विराटनगरमा हुँदैछ । कात्तिक १२ गते सुदूरपश्चिम र लुम्बिनी प्रदेश बीच पहिलो खेल हुनेछ ।
प्रतियोगितामा सात वटै प्रदेशका टोली सहभागी हुने नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्दले बताए । प्रतियोगिताको अन्तिम खेल कात्तिक २१ गते हुनेछ ।
रासस
प्रतिक्रिया