एमाले सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एमाले सचिवालय बैठक आज (आइतबार)बस्ने भएको छ । 

बैठक साँझ ५ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेगरी बोलाइएको छ ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका साथै व्यवसायी मीनबहादुर गुरूङले पार्टी कार्यालय बनाउन दान दिएको कीर्तिपुरको जग्गाका विषयमा पनि छलफल हुनेछ ।

बैठकमा समसामयिक राजनीतिक परिस्थितिका विषयमा पनि छलफल हुने बताइएको छ । 

प्रतिक्रिया