संसदीय समिति नेतृत्वविहीन रहेका विषयमा रास्वपाले गरायो सरकारको ध्यानाकर्षण

संसदीय समिति नेतृत्वविहीन रहेका विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सरकारको ध्यानाकर्षण गराएको छ । रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले आज विहान प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रधानमन्त्री निवास बालुवाटारमा भेटेर  सरकारको ध्यानाकर्षण गराएका हुन । सभापति नहुँदा समिति प्रभावकारी नभएको रास्वपाको ठहर छ । समितिबाट नीति–नियम तर्जुमाको काम गर्नुपर्ने भन्दै रास्वपाले सभापति नहुँदा असहज भएको जनाएको छ ।  जवाफमा प्रधानमन्त्री दाहालले आफू यस विषयमा ‘सिरियस’ भएको र केही दिनमै सभापति चयन गर्ने गरी अघि बढ्ने बताएका छन । सो प्रधानमन्त्रीसित संक्रमणकालीन न्यायसम्बन्धी विधेयकका विषयमा समेत कुराकानी भएको बताइएको छ । रास्वपाले भ्रष्टाचारको जरोसम्म पुगेर कारबाही गर्न समेत अनुरोध गरेको छ ।
 

प्रतिक्रिया