सातदोबाटोमा बसमा अचानक आगो लाग्यो

काठमाडौं । ललितपुरको सातदोबाटो स्थित यात्रुवाहक बसमा अचानक विद्युत सर्ट भई आगलागी भएको छ।

शनिबार अपराह्न ५ बजे ललितपुर महानगरपालिका १५ सातदोबाटो चोक नजिक बस रोकिरहेको बा ४ ख १०६ नम्बरको महानगर यातायातको बसमा अचानक विद्युत सर्ट भई आगलागी भएको हो।

जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवरत्न पौडेलले भने बसमा अचानक विद्युत सर्ट भई आगलागी भएको उनले बताए  ।

उक्त बसमा अचानक आगलागी भएपछि प्रहरीले ललितपुर महानगरपालिकाबाट दमकल झिकाएको थियो।

प्रतिक्रिया