माओवादी पार्टीहरुको एकतालाई चाडै टुंगोमा पुर्‍याइने अध्यक्ष दाहालको दाबी

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी पार्टीहरुको एकतालाई चाडै टुंगोमा पुर्‍याउने बताएका छन् । 

शनिबार नेकपा माओवादी केन्द्रले चितवनको भरतपुर १३ मा बेपत्ता योद्धा दण्डपाणि न्यौपाने स्मृति भवन निर्माणार्थ आयोजना गरेको वृहत् जनसांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । दाहालले २०८४ को निर्वाचनमा माओवादीलाई २०६४ को जस्तै पहिलो पार्टी बनाउने दाबी गरे ।  

अध्यक्ष दाहालले आफूहरु शान्ति सम्झौतामा आउदा गणतन्त्रमा जाने सहमति भए पनि त्यसलाई जनताको गणतन्त्र बनाउने वा दलालहरुको गणतन्त्र बनाउने भन्ने बिषयमा कुनै विन्दुमा पुगेर संघर्ष हुन्छ भन्ने विश्लेषण गरिएको उल्लेख गर्दै  अब त्यो विन्दु आएको बताए । कार्यक्रममा नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले माओवादी धार एकताबद्ध भए चौसट्ठी साल दोहोरिने बताए । 
 

प्रतिक्रिया