गाजामा मृत्यु हुने ४२ हजार ५१९ पुगे

एजेन्सी । इजरायल र हमासबीचको युद्धमा प्यालेस्टाइनको गाजामा मृत्यु हुनेको संख्या ४२ हजार ५सय १९ पुगेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

गाजाको हमासको स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा १९ जनाको मृत्यु भएको र ९१ जना घाइते भएको जनाएको छ ।गत गत वर्ष अक्टोबर ७ मा हमासको नेतृत्वमा इजरायलमाथि भएको आक्रमणपछि इजरायलले गाजामा सैन्य आक्रमण सुरु गरेयता  ४२ हजार ५१९ प्यालेस्टिनीको मृत्यु हुनुका साथै ९९ हजार ६३७ जना घाइते भएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सन् २०२३ अक्टोबर ७ मा प्यालेस्टिनी लडाकू समूह हमासले इजरायलमाथि एक्कासी आक्रमण गरेर १२ सय इजरायली नागरिकको हत्या गरेको थियो साथै २ सय ५० जनालाई अपहरण गरेको थियो । त्यसयता हमास र इजरायलबीचको युद्ध जारी छ । हमासलाई लेवनानमा रहेको अर्काे मुस्लिम लडाकू समूह हिजबुल्लाहले पनि सहयोग गरिरहेको छ । उता हिजबुल्लाहलाई इरानले हात हतियार र आर्थिक सहयोग गर्ने गरेको बताउने गरिएको छ । इजरायलले लेवनानमा हिजबुल्लाह बिरुद्ध कारवाही गरिरहेको छ । 

प्रतिक्रिया