इजरायली हवाई आक्रमणमा ३३ जना प्यालेस्टाइनीको मृत्यु

काठमाडौं । उत्तरी गाजा पट्टीको जबलिया शिविरमा शुक्रबार साँझ इजरायली हवाई आक्रमणमा ३३ जना प्यालेस्टाइनीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा २१ जना महिला रहेका छन् । बम विष्फोटमा ८५ जना भन्दा बढी घाइते भएको र केहीलाई गम्भीर चोट लागेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । 

इजरायली सेनाले जबलिया शिविरका धेरै घरहरूमा बमबारी गरेको बताइएको छ । इजरायली सेनाले यस घटना बारे हाल सम्म कुनै प्रतिक्रिया दिएको छैन् ।
सन् २०२३ अक्टोबर ७ इजरायलले दक्षिणी इजरायली सीमा बाट हमासको घुसपैठको बदला लिन गाजा पट्टीमा हमास विरुद्ध ठूलो आक्रमण सुरु गर्यो जसमा लगभग एक हजार दुई सय मानिसहरू मारिए र लगभग २५० बन्धक बनाइयो ।

गाजा पट्टीमा जारी इजरायली हमला बाट प्यालेस्टिनीको मृत्यु हुनेको सङ्ख्या ४२ हजार ५ सय पुगेका छन् ।
रासस 
 

प्रतिक्रिया