प्रतिनिधि सभा बैठकमा आज टोपबहादुरलाई निलम्बन गरिएको जानकारी गराइदै
एमालेले बैठक अबरुद्ध गर्ने सम्भावना
संघीय संसद अन्तर्गतको प्रतिनिधिसभा बैठक आज बस्दैछ । दिउँसो एक बजेका लागि बैठक बोलाइएपनि प्रतिपक्ष एमालेले अबरुद्ध गर्ने सम्भावना छ । विमानस्थल सुन प्रकरणलाई लिएर यसअघि पनि एमालेले बैठक अबरुद्ध गरेको थियो । संसद अवरोधका विषयमा सहमति खोज्न आज विहान पनि प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी ओलीविच भेटवार्ता भएको छ । संघीय संसद सचिवालयले जारी गरेको सम्भावित कार्यसूची अनुसार नेकपा एमालेका सांसद टोपबहादुर रायमाझीको पद निलम्बन गरिएको जानकारी सभामुखले गराउने छन् । यसैगरी, राष्ट्रपति कार्यालय र प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयवाट प्राप्त कार्यभार तोकिएको सबन्धी पत्रको ब्यहोरा पढेर सुनाइने भएको छ । साथै, बेपत्ता पारिएका ब्यक्तिको छानविन आयोग र सत्यनिरुपण मेलमिलाप आयोगको म्याद थप सबन्धि प्रस्ताव पेस गर्ने कार्यक्रम रहेको छ भने राष्ट्रियसभावाट उत्पत्ति भएको नेपाल विश्वबिद्यालय बिधेयकलाई समितिमा छलफलका लागि पठाउने प्रस्ताव पेस गर्नेछन् ।
प्रतिक्रिया