रामग्राम स्तूपमा पर्यटकको चहलपहल बढ्यो

नवलपरासी । जिल्लाको रामग्राम‐७ स्थित रामग्राम स्तूपमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको छ ।  

सो ऐतिहासिक स्तूपमा गौतम बुद्धको सिङ्गो अस्तुुधातुु रहेको  छ । लुुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले  रामग्राम स्तूप, पण्डितपुर, लुुम्बिनी, तिलौराकोट लगायत स्थान हेर्न आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको बताए । 

शुक्रबार मात्र इण्डोनेसिया बाट २८ जना पर्यटकले रामग्राम स्तूपामा आएर दीप प्रज्वलन गरेको जनाइएको छ ।
रासस

प्रतिक्रिया