प्रहरी चौकी बनाउन निःशुल्क जग्गा दिने सम्मानित

बझाङ । अस्थायी प्रहरी पोष्ट झोता र छान्ना पाटादेवलका लागि निःशुल्क जग्गा उपलब्ध गराएका नन्दादेवी सिंह, कृष्णबहादुर सिंह र पूर्णबहादुर थापालाई सम्मान गरिएको छ । 

जिल्ला प्रहरी कार्यालयमा शनिबार आयोजित कार्यक्रममा उनलाई प्रहरी महानिरीक्षक वसन्त कुँवर द्वारा हस्ताक्षरित प्रमाणपत्र सहित दोसल्ला ओढाएर सम्मान गरेको हो । 

जिल्ला प्रहरी कार्यालयका प्रमुख युवराज भण्डारीका अनुसार अस्थायी प्रहरी पोष्ट झोताका लागि  नन्दादेवी  र कृष्णबहादुर र थापाले जग्गा दान गरेका थिए । । 

प्रहरी प्रमुख भण्डारीले चैनपुर स्थित जिल्ला प्रहरी कार्यालय, बु्ङ्गलमा रहेको इलाका प्रहरी कार्यालय र मेलबिसौनाको प्रहरी चौकी बाहेक अन्य स्थानमा रहेका कार्यालय भाडाको घरमा सञ्चालन  भएको बताए । 

रासस 

प्रतिक्रिया