कोशी सरकार गठनका लागि दिएको समय मंगलबार सकिदै

राप्रपा सहमत नभएपछि गठबन्धन नयाँ विकल्पको खोजीमा

कोशी प्रदेशमा सरकार गठनका लाग बहुमत पु¥याउन सत्तारुढ गठबन्धनलाई मुस्किल हुने देखिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीलाई फकाउने कोशिस असफल भएपछि सत्तारुढ गठबन्धन नयाँ विकल्पको खोजीमा लागेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता साझेदार दलको बैठकमा राप्रपालाई मनाउन नसकिएको जानकारी दिएका छन । कोशीमा आलोपालो मूख्यमन्त्री र केन्द्रमा समेत मन्त्री दिने प्रस्ताव गर्दा पनि राप्रपाले नमानेको हो ।  प्रधानमन्त्री दाहालले नयाँ विकल्पमा जानुपर्ने भन्दै कोशी प्रदेशसभाका सभामुख बाबुराम गौतमलाई राजीनामा दिएर गाँठो फुकाउन आग्रह गरेका छन । तर, सभामुख गौतम भने मूख्यमन्त्रीको टुंगो नलागी पदत्याग नगर्ने अडानमा छन । सर्वोच्च अदालतको आदेशअनुसार मंगलबार सम्ममा प्रदेश सरकार गठन भईसक्नु पर्दछ । सोही अनुसार प्रदेश प्रमुख परशुराम खापुङले १६ गतेभित्र नयाँ सरकार गठनको दाबी पेश गर्न आह्वान गरेका छन । ९३ सदस्यीय कोशी प्रदेशमा सरकार गठनका लागि ४७ जनाको मत आवश्यक छ । सत्ता गठबन्धनसँग अहिले सभामुख गौतम बाहेक ४६ सिट मात्रै छ । सर्वोच्चको आदेश अनुसार निर्धारित मितिमा बहुमतको सरकार नबने ठूलो दलको हैसियतमा एमालेले सरकार बनाउन पाउने छ ।

प्रतिक्रिया