राष्ट्रिय स्वतन्त्र पार्टीले आज काठमाडौं र पोखराम विरोध प्रदर्शन गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरिएको विरोधमा काठमाडौं र पोखरामा प्रदर्शन गर्ने भएको छ ।

पूर्व गृहमन्त्रीसमेत रहेका सभापति लामिछानेलाई राजनीतिक प्रतिशोधको आधारमा पक्राउ गरिएको भन्दै रास्वपाले काठमाडौंको माइतीघरमा दिउँसो १ बजे र पोखराको चिप्लेढुंगास्थित मानवअधिकार चोकमा बिहान ११ बजे प्रदर्शन गर्न लागेको हो ।

जिल्ला अदालत कास्कीले उक्त मुद्दामा अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिए सँगै शुक्रबार काठमाडौं बाट पक्राउ परेका लामिछानेलाई सडक मार्ग हुँदै राति नै पोखरा लगिएको हो । लामिछाने सूूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराको सहकारी ठगी तथा सङ्गठित अपराध सम्बन्धी मुद्दा सम्बन्धमा पक्रउ परेका हुन् । 

लामिछानेलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरी बिहान ३ बजेतिर जिल्ला प्रहरी कार्यालय कास्कीमा लगिएको प्रहरीले जनाएको छ । 

लामिछानेलेलाई शनिबार सार्वजनिक बिदा परेका कारण आइतबार मात्रै अदालतमा उपस्थित गराइने जनाइएको छ ।

प्रतिक्रिया