मुम्बईमा ताइवानको सम्पर्क कार्यालय खुलेपछि चीनको विरोध

एजेन्सी । भारतको मुम्बईमा ताइवानको सम्पर्क कार्यालय खुलेपछि चीनले विरोध गरेको छ । 

मुम्बईमा ताइपेई आर्थिक र सांस्कृतिक केन्द्र (टीईसीसी) खुलेपछि भारतमा रहेको चिनियाँ दूतावासकी प्रवक्ता यु जिङ्गले सामाजिक सञ्जाल ’एक्स’ मार्फत प्रतिक्रिया दिँदै विरोध गरेकी हुन् । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार संसारमा एउटा मात्र चीन रहेको र ताइवान चीनको अभिन्न अङ्ग भएको यु जिङ्गले उल्लेख गरेकी छिन् । उनले चीन सँग कूटनीतिक सम्बन्ध राख्ने कुनै पनि देशले ताइवान सँग आधिकारिक सम्पर्क राखेमा त्यसको कडा विरोध गर्ने बताएकी छन् ।

ताइवान सँग कुनै पनि प्रकारको औपचारिक वार्ता नगर्न र चीन सँगको सम्बन्ध सुधार्ने प्रक्रियामा बाधा नपु¥याउन उनले भारतलाई आग्रह गरेकी छन् ।

प्रतिक्रिया