अवको युद्ध मस्को केन्द्रित हुने युक्रेनी राष्ट्रपति जेलेन्स्कीको चेतावनी

युक्रेन बलियो हुँदै गएको दाबी

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अबको युद्ध रुसको राजधानी मस्कोमा केन्द्रित हुन सक्ने चेतावनी दिएका छन् ।  मस्कोमा ड्रोन आक्रमण गरेपछि प्रतिक्रिया दिँदै जेलेन्स्कीले रुसमाथि फेरि युद्ध आउने चेतावनी दिएका हुन् । जेलेन्स्कीले रुसी भूमिमा  भएको आक्रमण दुई देशबीचको युद्धको अपरिहार्य, प्राकृतिक र पूर्णतया निष्पक्ष प्रक्रिया भएको बताएका हुन । रुसको रक्षा मन्त्रालयले आइतबार तीन युक्रेनी ड्रोन खसालेको र दुईवटा कार्यालयमा ठोक्किएको बताएको छ । सहरको केन्द्रको दक्षिणपश्चिममा रहेको भानुकोवो एयरपोर्ट पनि केही समयका लागि बन्द गरिएको थियो । पश्चिमी युक्रेनी शहर इभानो–फ्रान्किभस्कबाट एक भिडियो सन्देश  जारी गर्दै जेलेन्स्कीले युक्रेन बलियो हुँदै गएको समेत बताए । सामान्यतया रुसमा भएका आक्रमणमा युक्रेनले आफ्नो संलग्नताबारे बोल्ने गरेको छैन । आइतबारको घटनाको जेलेन्स्कीले जिम्वेवारी लिँदै चेतावनी दिनुलाई निकै महत्वका साथ हेरिएको छ । युक्रेनी सीमाबाट करिब ५०० किलोमिटर टाढा रहेको मस्कोलाई युक्रेनले कमै मात्र आक्रमणको निशाना बनाउँदै आएको छ । तर रुसले युक्रेनले हालैका महिनाहरूमा राजधानी लगायत आफ्नो धेरै क्षेत्रमा ड्रोन हमलाहरूको श्रृंखला सुरु गरेको आरोप लगाएको छ ।

प्रतिक्रिया