पक्राउपछि रवि लामिछानेले भने - राज्यको दादागिरी भयो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा) सभापति रवि लामिछानेले सरकार मरेर आफूलाई जुठो परेको बताएका छन् । कास्की जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै लामिछानेले सरकार मरेर आफूलाई जुठो परेको बताएका हुन् ।

उनले प्रधानमन्त्री केपी ओलीलाई तपाईको हातमा तस्करले दिएको करोड पर्ने घडी मेरो हातमा चाँहि हतकडी भन्दै प्रश्न समेत गरेका छन् ।

उनले ओलीलाई बिचौलियाको सेवा गरे बापत लाखौँको चस्मा र जुत्ता लगाउने मुद्दा मैले खेपी दिनुपर्ने भन्दै आक्रोश समेत जनाएका छन् ।

उनले भाटभटेनीको मुद्दा मोडन आफूमाथि पक्राउ पूर्जी जारी गरेको आरोप समेत लगाएका छन् । लामिछानेले डटेर आफूमाथि लागेका आरोपहरुको सामना गर्ने र कानूनलाई सघाउने प्रतिवद्धता पनि जनाएका छन् ।

प्रतिक्रिया