सहकारी ठगी प्रकरणमा रविसहित १४ जना विरुद्ध एकै पटक पक्राउ पुर्जी

काठमाडौं ।  सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहित १४ जनाविरुद्ध एकै पटक पक्राउ पुर्जी जारी भएको छ ।

कास्की जिल्ला अदालतले शुक्रबार लामिछानेसहित एकै पटक १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

यसअघि सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिले लामिछानेका साथै छविलाल जोशी, जीबी राईलाई कारबाही गर्न सिफारिस गरेको थियो ।

उनीहरुले सहकारीको रकम गोर्खा मिडियामा ल्याएर हिनामिना गरेको आरोप छ ।


 

प्रतिक्रिया