रवि लामिछाने विरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं ।  जिल्ला प्रहरी कार्यालय कास्कीले सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि अदालतबाट पक्राउ पुर्जी जारी भएको पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेलाई पक्राउ गरी पठाइदिन पत्रचार गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई सम्बोधन गर्दै मानिस पक्राउ गरी पठाइदिने सम्बन्ध ब्योहोराको पत्र कास्की प्रहरीले पठाएको हो ।

सभापति लामिछानेलाई पक्राउ गर्नका लागि कास्की जिल्ला अदालतले शुक्रबारकै दिन अनुमति दिएको थियो । 

 

प्रतिक्रिया