सन्दीप लामिछाने आजै अमेरिका उड्ने

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका प्रभावशाली स्पिनर सन्दीप लामिछानेले आजै अमेरिका उड्ने भएका छन् ।

नेपालस्थित अमेरिकी दूतावासले सन्दीपलाई भिसा उपलब्ध गराएसँगै उनी आज राति अमेरिका उड्न लागेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।

 अमेरिकामा लिग–२ प्रतियोगिता अक्टोबर २५ तारिखमा सुरु हुँने भएको छ ।नेपालले आफ्नो पहिलो खेल अमेरिकासँग २७ तारिखमा खेल्ने भएको छ ।
 

प्रतिक्रिया