लगानीकर्तालाई नेपालको कृषि क्षेत्रमा लगानी गर्न कृषिमन्त्री अधिकारीको आग्रह

काठमाडौं । कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले लगानीकर्तालाई नेपालको कृषि क्षेत्रमा लगानीका लागि आग्रह गरेका छन् ।

इटालीको राजधानी रोममा आयोजना भएको विश्व खाद्य मञ्चको उच्चस्तरीय उदघाटन सत्रसहित बहुपक्षीय बैठकमा सहभागी हुँदै उनले कृषिमा लगानी दशक घोषणा गरी नेपालले बढीभन्दा बढी लगानी भित्र्याउने लक्ष्य राखेको बताएका हुन ।

प्रतिक्रिया