एम्बुलेन्स बाट पटाका सहित भन्सार छलीको सामान बरामद

सर्लाही । सर्लाहीमा एउटा एम्बुलेन्स बाट ठूलो मात्रामा पटाका सहित भन्सार छलीको सामान बरामद गरिएको छ । 

भारत बाट नेपाल तर्फ आउँदै गरेको को १ च ५८९६ नम्बरको एम्बुलेन्सलाई सर्लाही भन्सार कार्यालयको चेक पोष्टमा चेकजाँच गर्दा ठूलो मात्रामा पटाका सहित भन्सार छलीको सामान बरामद भएको हो । 

सर्लाही सदरमुकाम मलङ्गवा–८ स्थित रहेको सर्लाही भन्सार कार्यालयको चेक पोष्टमा बिहिबार साँझ खटिएका भन्सार कर्मचारी र सशस्त्र प्रहरीले एम्बुलेन्सलाई चेक जाँच गर्ने क्रममा पटका तथा किराना समानहरु बरामद भए पछि प्रहरीले एम्बुलेन्स र चालक सहित ३ जनालाई नियन्त्रणमा लिएको छ । 

पटका बरामद भएको एम्बुलेन्समा परिवार नियोजन संघ सर्लाही शाखाको नाम लेखिएको छ । एम्बुलेन्स बाट १४ प्रकारका ४ बोरा पटाका, रेडबुल, रजनी गन्धा लगायत ३३ किसिमका किराना समान बरामद भएको सर्लाही भन्सार कार्यालयले जनाएको छ । 

भारतको सोनबरसा बाट मलङ्गवा तर्फ आउँदै गरेको सो एम्बुलेन्सलाई भन्सार कार्यालयका कर्मचारी तथा सशस्त्र प्रहरीले शंका लागि चेकजाँच गर्दा पटका र भन्सार छलीका समान बरादद भएपछि एम्बुलेन्सका चालक हरिवन नगरपालिका–११ निवासी ३६ वर्षीय विक्रम आचार्य, पटका ल्याउने स्थानीय ३६ वर्षीय मनोज रजक र किराना सामान ल्याउने ४३ वर्षीय छोटेलाल दासलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  

एम्बुलेन्स बाट बरामद पटका, किराना समान चालक सहित तीनै जनालाई जिल्ला प्रहरी कार्यालय सर्लाही मलङ्गवामा लागिएको छ भने एम्बुलेन्स भन्सार कार्यालयमै रहेको छ ।

प्रतिक्रिया