दाङमा टिप्पर दुर्घटना, चालकको मृत्यु

दाङ ।  दाङको बङ्गलाचुली गाउँपालिका–४ जुम्लेपानीमा बिहीबार राति टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । 

दुर्घटनामा गढवा गाउँपालिका–७ निवासी अन्दाजी २९ वर्षका प्रभु चौधरीको घटना स्थलमै मुत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता ईश्वर थापाले जानकारी दिए । 

घोराही बाट तापा तर्फ जाँदै गरेकोे रा १ ख १८५७ नम्बरको टिप्पर जुम्लेपानीमा सडक देखि करिब ८० मिटर तल खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
रासस 

प्रतिक्रिया