रवि पक्राउ पर्न सक्ने विपक्षी दलहरूको बैठकमा चर्चा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको आह्वानमा विपक्षी दलहरुको बैठकमा रवि लामिछाने बारे चर्चा भएको छ । 

बैठकमा अध्यक्ष दाहालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ पर्न सक्ने बताएका छन् । बैठकमा समसामयिक राजनीतिक घटनाक्रमहरू बारे जानकारी गराउने क्रममा माओवादी अध्यक्ष दाहालले सभापति लामिछाने पक्राउ बारे भइरहेको चर्चाको ब्रिफिङ गरेका थिए।

बिहीबारको सत्ताधारी दल र प्रमुख प्रतिपक्षी दलका नेता बीचको बैठकको छलफल बारे जानकारी दिँदै उनले सरकार लामिछानेलाई सहकारी ठगीमा पक्राउको तयारीमा रहेको जानकारी गराएको बताइएको छ । 

यस्तै, बैठकमा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, एकीकृत समाजवादी, लोकतान्त्रीक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र आम जनता पार्टीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया