सरकारले चालेका कदमले जनतामा आशाको सञ्चार भएको प्रधानमन्त्रीको दाबी
भ्रष्टाचारविरुद्ध चालिएको कदम नरोक्ने प्रतिवद्धता
प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले भ्रष्टचारबिरुद्ध र सुशासनको पक्षमा गरेका महत्वपूर्ण कामहरुले जनतामा नयाँ आशाको रक्तसञ्चार गराएको बताएका छन । आज काठमाडौंमा आयोजित कार्यक्रममा उनले सरकारले पछिल्लो समय गरेका भ्रष्टाचारबिरुद्ध र सुशासनको पक्षमा चालेको कदमले नयाँ राष्ट्रिय एकता र समुन्नतिको जग खडा हुँदै गएको दाबी गरेका हुन । प्रधानमन्त्री दाहालले सात महिनाको अवधिमा सरकारले हासिल गरेका उपलब्धिहरुले इमान्दार भएर क्रियाशील रहँदा जस्तासुकै चुनौति छिचोलेर पनि अघि बढ्न सकिन्छ भन्ने विश्वास आफूलाई दिएको बताए ।
प्रधानमन्त्री दाहालले सरकारको भ्रष्टाचार बिरोधी अभियानमा दृढतापूर्वक साथ दिएको भन्दै आम नागरिकप्रति आभार पनि व्यक्त गरे । सरकारले नेपालको वाम–लोकतान्त्रिक आन्दोलनको मर्म र भावना अनुसार नेपाली जनताको दैनिक जीवन र अवस्था बदल्ने जमर्को गरिरहेको समेत उनले बताए ।
प्रतिक्रिया