सुनको मूल्य हालसम्मकै उच्च, एकै दिन २ हजार रुपैयाँले वृद्धि

काठमाडौं  । लगातार उकालो लागेको सुनको मूल्य शुक्रबार पनि वृद्धि भएको छ । 

तोलामा एकै दिन २ हजार रुपैयाँले वृद्धि हुँदा सुन हालसम्मकै महङ्गो हुन पुगेको छ । सुनको मूल्यले हाल सम्मको सबै रेकर्ड तोड्दै कीर्तिमान बनाएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाला सुनको मूल्य १ लाख ६४ हजार ४ सय रुपैयाँ कायम भएको छ । बिहीबार सुनको मूल्य १ लाख ६२ हजार ४ सय रुपैयाँ रहेको थियो ।

यस्तै, चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय ८० रुपैयाँ तोकिएको छ । बिहीबार चाँदीको मूल्य १ हजार ९ सय ५० रुपैयाँ थियो ।

प्रतिक्रिया