माओवादी अध्यक्ष दाहालको आब्हानमा विपक्षी दलको बैठक जारी

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको आब्हानमा विपक्षी दलको बैठक जारी छ । 

संसद भवन नयाँ वानेश्वरमा बसेको बैठकमा विपक्षी  सबै दलका शीर्ष नेता सहभागी छन् ।

बैठकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रम र आगामी दिनमा चाल्ने कदम बारे छलफल हुने बताइएको छ । 

बाढी पहिरो लगायतको समस्या सम्बोधन गर्न संसद्को विशेष अधिवेशन बोलाउन सरकारलाई आग्रह गर्ने प्रतिपक्ष दलको तयारी छ । यस अघि रास्वपाले पनि संसद्को विशेष अधिवेशन बोलाउन माग गरेका थियो ।

प्रतिक्रिया