अमेरिका माथि नेपालको जित

काठमाडौं । नेपालले पहिलो टी-२० आई शृंखलामा घरेलु टोली अमेरिकालाई पराजित गरेको छ ।

शुक्रबार बिहान अमेरिकाको डालसस्थित ग्रान्ड पिएरे मैदानमा १६५ रनको लक्ष्य पछ्याएको अमेरिकालाई सात विकेटको क्षतिमा १४७ रनमा रोक्दै १७ रनले नेपाल विजयी भएको हो। 

नेपालको जितका लागि बलिङमा दीपेन्द्रसिंह ऐरीले तीन ओभरमा महत्त्वपूर्ण तीन विकेट लिए । टस हारेर पहिला ब्याटिङमा तानिएको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १६४ रन बनाएको थियो। 

दुई टोली बीचको अर्को दुई खेल आइतबार र सोमबार बिहान पौने ६ बजे हुनेछ।

प्रतिक्रिया