हमास नेता सिनवारको मृत्यु भएको पुष्टि

एजेन्सी । इजरायलले हमासका मुख्य नेता याह्या सिनवारको ज्यान गएको पुष्टि गरेको छ । 

इजरायली सुरक्षा बल आइडीएफल बिहीबार राति विज्ञप्ति निकालेर बुधवार दक्षिणी गाजामा गरेको आक्रमणमा सिनवार मारिएको जनाएको हो । इजरायली विदेशमन्त्री इजरेल काट्जले अक्टोवर सातमा भएको आक्रमणको मुख्य योजनाकर्ता हमास नेतालाई इजरायली सैनिकले मारेको बताएका हुन । यसबारे हमासको आधिकारिक प्रतिक्रिया आउन बाँकी रहेको छ । 

यसअघि इरानमा भएको एक आक्रमणमा हमासका राजनीतिक कमाण्डर इस्माइल हनियाको ज्यान गएको थियो । हनियाको ज्यान गए पछि सिनवार नै हमासको मुख्य नेता बनेका थिए । यसै बीच गाजामा हमास सँगको युद्धमा सिनवारको मारिनु इजरायलको अहिले सम्मको सबैभन्दा ठूलो उपलब्धि भएको प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बताएका छन् । 

अँतर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार सिनवारको ज्यान जानु हमासको लागि गम्भीर धक्का भएको बताउदै प्रधानमन्त्री नेतान्याहुले इजरायलको विजय प्राप्त गरेको तर, युद्धको अन्त्य नभएको प्रतिक्रिया दिएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले सिनवार मारिनु इजरायल, अमेरिका र सम्पूर्ण विश्वका लागि खुसीको दिन भएको बताएका छन् । 

सिनवार हमास नेताका रूपमा हजारौँ इजरायली, प्यालेस्टिनी, अमेरिकी र ३० भन्दा बढी देशका नागरिकको हत्यामा जिम्मेवार रहेको दाबी उनको छ । उपराष्ट्रपति कमला ह्यारिसले सिनवारको मृत्युको स्वागत गर्दै यसलाई ‘अन्ततः गाजामा युद्ध समाप्त गर्ने’ अवसरका रूपमा चित्रित गरेकी छन् ।

 

प्रतिक्रिया