देशभरका बालबालिकालाई आज र भोलि भिटामिन र जुकाको औषधि खुवाइँदै

काठमाडौं । सरकारले शुक्रबार र शनिबार देशभरका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको आौषधि खुवाउदैछ । 

राष्ट्रिय पोषण कार्यक्रम अन्तर्गत ६ महिना देखि ५ वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल तथा १ वर्ष देखि ५ वर्ष मुनिका बालबालिकालाई जुकाको औषधि खुवाईने भएको हो ।

सो अभियानमा २० लाख ९५ हजार बालबालिकालाई भिटामिन ‘ए’ र १८ लाख ४० हजार बालबालिकालाई जुकाको औषधि खुवाउने लक्ष्य राखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

अभियानका लागि ५२ हजार महिला स्वंयमसेविका खटाईने भएको तथा सो बाहेक स्थानीय तह बाट १७ हजार ५ सय जना स्वंयमसेवक खटाईने मन्त्रालयले जनाएको छ । बालबालिकालाई विभिन्न रोग बाट बचाउनका लागि भिटामिन ‘ए’ खुवाउनुपर्ने स्वास्थ्यकर्मी बताउछन् । आफ्ना बालबालिकालाई अनिवार्य रुपमा जुकाको औषधि तथा भिटामिन ‘ए’ क्याप्सुल खुवाउन पनि सरकारले अपिल गरेको छ ।

विकट तथा दुरदराजको क्षेत्रमा बालबालिकालाई सहज रुपमा भिटामिन ‘ए’ क्याप्सुल र जुकाको आौषधि खुवाईने व्यवस्था मिलाईएको छ । नेपालमा २०५० साल बाट बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु गरिएको हो । बैशाख र कार्तिकमा सरकारले सो अभियान सञ्चालन गर्दै आएको छ ।
 

प्रतिक्रिया