मेची–महाकाली उद्धार यात्राः कोशी प्रदेशमा ४४ जनाको उद्धार

झापा । मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा अन्तर्गत कोशी प्रदेशमा ४४ जनाको उद्धार गरिएको छ ।

‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ नाराका साथ मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउण्डेसनको संयुक्त आयोजनामा भएको उद्धार यात्रामा कोशी प्रदेश बाट ३५ जना पुरुष र ९ जना महिला गरी ४४ जनाको उद्धार गरिएको हो ।

आश्रमका अध्यक्ष रामजी अधिकारीका अनुसार उद्धार यात्राका क्रममा बिहीबार उदयपुरका विभिन्न स्थान बाट १६  जनाको उद्धार गरिएको उनले बताए । उद्धार गरिएका ८ जना पुरुष र ८जना महिलालाई बिहीबार नै मानव सेवा आश्रमको विराटनगर शाखामा लगिएको छ ।

असोज २८ गते देखि शुरु भएको उद्धार यात्रामा पहिलो दिन झापा बाट १२ जना, दोस्रो दिन मोरङबाट ४ जना र तेस्रो दिन सुनसरी बाट १२ जना उद्धार गरिएको थियो । उद्धार यात्रामा गायिका आनीछोइङ डोल्मा र मानवसेवा आश्रमका अध्यक्ष अधिकारी सहित ४७ जना सहभागी थिए ।

उद्धार यात्रा ३२ दिन पछि कात्तिक २६ गते सम्पन्न हुनेछ ।
रासस 

प्रतिक्रिया