साफ महिला फुटबल : आज नेपाल र भुटान भिड्दै

काठमाडौं । साफ महिला च्याम्पियनसिप २०२४ को आफ्नो पहिलो खेलमा नेपालले शुक्रबार भुटान सँग खेल्दैछ ।  

दशरथ रंगशालामा साँझ साढे ५ बजे खेल सुरु हुनेछ ।  घरेलु मैदानमा नेपाल जित सहित प्रतियोगिताको सुरुवात गर्ने लक्ष्यमा रहेको छ । तुलनात्मक रुपमा साविक उपविजेता नेपाल, भुटान भन्दा बलियो मानिन्छ । प्रतियोगिताका लागि नेपाली टोलीले ३ साता अभ्यास गरेको छ । 

पछिल्ला ६ मध्ये पाँच संस्करणको उपविजेता नेपालले च्याम्यिनसिप भने जित्न सकेको छैन । प्रतियोगितामा सबै भन्दा कमजोर प्रदर्शन गर्दै आएको भुटानले गत संस्करण पहिलो जित हात पार्दै सेमिफाइनल सम्म पुगेको थियो । 

शुक्रबार हुने पहिलो खेलमा श्रीलंका र माल्दिभ्सले प्रतिस्पर्धा गर्ने छन् ।  यो खेल दिउँसो साढे १ बजे सुरु हुने छ । बिहीबार भएको उद्घाटन खेलमा भारतले पाकिस्तानलाई ५–२ गोलले पराजित गरेको थियो ।

यस जितसँगै भारतले ३ अंक जोडेको छ ।

प्रतिक्रिया