नेपालले अमेरिकालाई दियो १६५ रनको लक्ष्य

काठमाडौं । नेपालले पहिलो टी(२० आई खेलमा घरेलु टोली अमेरिकालाई १६५ रनको लक्ष्य दिएको छ ।

अमेरिकाको डालसस्थित ग्रान्ड पिएरे मैदानमा टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको नेपालले ९ विकेटको क्षतिमा १६४ रन बनाएको हो ।

नेपालका कप्तान रोहित पौडेलले ३३ बलमा ४ चौका र १ छक्का सहित सर्वाधिक ४९ रन बनाए । दीपेन्द्रले १७ बलमा २ चौका र १ छक्का सहित २८ रन बनाए । पाँचौं विकेटका लागि दीपेन्द्र र रोहितले ३८ बलमा ६६ रनको साझेदारी गरेका थिए ।

नेपाललाई ओपनर आसिफ शेख र अनिल साहले ५.३ ओभरमा ४८ रन जोड्दै मध्यम सुरुवात दिलाएका थिए ।

अमेरिकाका हरम्रीत सिंहले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । सौरभ नेत्रवालकरले ४ ओभरमा ३५ रन खर्चेर २ विकेट लिए । जसदीप सिंहले ४ ओभरमा ३५ रन खर्चेर २ तथा अली खान र नोष्थुश केंजिगेले १-१ विकेट लिए ।

प्रतिक्रिया