हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ

भक्तपुर । मध्यपुरथिमि नगरपालिका नगरपालिका–९ राधेराधेबाट हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा एक जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको टोलीले रौतहटको गजुरा नगरपालिका–४ घर भई हाल काठमाडौँ महानगरपालिका–७ रातोपुल बस्ने ३७ वर्षीय शशिकान्त चौलागाईंलाई आज पक्राउ गरेको हो ।

पक्राउ परेका चौलागाईंको साथबाट स्रोत नखुलेको रु आठ लाख ५० हजार, विभिन्न बैंकको एटिएम र अन्य सामान बरामद गरेको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेले जानकारी दिए ।

प्रतिक्रिया