काठमाडौंको चोभार डाँडामा आदिनाथको मेला सुरु

काठमाडौं ।  काठमाडौंको चोभार डाँडामा आदिनाथको मेला सुरु भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिनदेखि कार्तिक शुक्ल पूर्णिमासम्म मेला सञ्चालन हुने गर्दछ । मेला भर्न काठमाडौं उपत्यका तथा आसपासका क्षेत्रबाट भक्तजन पुग्ने गरेका छन । मेला अवधिमा आदिनाथको भक्तिपूर्वक पूजाअर्चना गरेमा निरोगी हुने जनविश्वास छ ।

साथै छालासम्बन्धी रोग पनि नलाग्ने जनश्रुति छ । आदिनाथ मन्दिरमा शिवपार्वतीको एकाकार मूर्ति छ जसलाई शिव र शक्तिका रूपमा बौद्ध धर्मावलम्बीहरूले पनि अर्चना गर्दै आएका छन । मन्दिरमा विभिन्न भाँडावर्तन र गरगहना चढाउने प्रचलन छ ।

प्रतिक्रिया