तिहार, छठ लगायतका चाडपर्वहरु तडकभडक नगरी मनाउन महामन्त्री शर्माको आग्रह

काठमाडौंं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले तिहार, छठ लगायतका चाडपर्वहरु तडकभडक नगरी मनाउन आग्रह गरेका छन् ।

तिहार, छठ, नेपाल संवत, उँधौली पर्व लगायतमा तडकभडक, फजुल खर्च बढी हुने गरेको भन्दै शान्त, संयम र आत्मीयताका साथ मनाउन उनले आह्वान गरेका हुन् ।

महामन्त्री शर्माले शान्त र संयमसँग चाडपर्वहरु सामान्य रुपले मनाउनुपर्ने बताए । दीपावलीको दीपसँगै सबैको मनमा सकारात्मक सोचको भावको दीप जल्नुपर्ने महामन्त्री शर्माको भनाइ छ ।

प्रतिक्रिया