उत्तरी गाजामा इजरायली आक्रमणमा २२ जनाको मृत्यु

एजेन्सी । प्यालेस्टाइनको उत्तरी गाजा स्थित जवलियाको बिद्यालयमा इजरायली हवाई आक्रमणमा परेर २२ जनाको मृत्यु भएको छ । 

प्यालेस्टिनी लडाकू   समूह हमासद्वारा सञ्चालित सिभिल डिफेन्स एजेन्सीका अनुसार उत्तरी गाजाको एउटा विद्यालय भवनमा इजरायली हवाई आक्रमणमा २२ जनाको मृत्यु र ६० जनां घाइते भएका छन् । 

इजरायली सेनाले गाजास्थित जबलिया क्षेत्र  हमास र इस्लामिक जिहादका कार्यकर्ताहरूको लागि योजना एवं परिचालन बैठक बस्ने स्थानका रूपमा प्रयोग भइरहेको बताएको छ। जबलियाको बिद्यालय हमासका कार्यकर्ताको आश्रय स्थल समेत रहेको बताइएको छ । इजरायलको सेनाले दुई साताअघि हमास लडाकुहरूलाई पुनःसङ्गठित गरिरहेको भन्दै यस क्षेत्रमा भूमिगत आक्रमण सुरु गरेको थियो। सन् २०२३ को अक्टोबर ७ मा हमासका लडाकूले एक्कासी इजरायलमा आक्रमण गरेर १२ सय इजरायली नागरिकको हत्या गरेका थिए ।

त्यसैगरी २ सय ५० जनाको अपहरण गरेका थिए । यसको बदलामा इजरायलले गाजामा आक्रमण गरेको हो । एक वर्षदेखि हमास र इजरायली सेनाबीचको लडाइँ जारी छ । 
 

प्रतिक्रिया