बार अध्यक्ष घिमिरेलाई ७ दिनभित्र जवाफ पेस गर्न सर्वोच्च अदालतको आदेश

काठमाडौं । अदालतको अवहेलना मुद्दामा नेपाल बार एसोसिएसनका अध्यक्ष वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेलाई ७ दिनभित्र जवाफ पेस गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

सर्वोच्च अदालतका उपरजिस्ट्रार गोविन्दप्रसाद घिमिरेले बारका अध्यक्ष वरिष्ठ अधिवक्ता घिमिरेविरुद्ध अदालतको अवहेलनामा निवेदन दिएका थिए ।

उक्त निवेदनका आधारमा बारका अध्यक्षविरुद्ध अवहेलनाको मुद्दा अगाडि बढेको थियो । सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र कुमार चुडालको इजलासले बिहीबार बारका अध्यक्ष घिमिरेलाई ७ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको हो ।

प्रतिक्रिया